खाेज्नुहाेस

एमालेबाट भीमदत्त-६ को वडाध्यक्षमा चन्दले उम्मेदवारी दिने

Image

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्षमा एमालेबाट बहादुर चन्दले उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमालेले उम्मेदवार टुंगो लगाएको हो ।

एमाले वडा पालिकाबाट वडाध्यक्षका लागि सिफारिस भएका चन्दलाई जिल्ला कमिटीले सदर गरेको छ । एमाले भीमदत्त नगरपालिकाका अध्यक्ष हिमाल चन्दले वडाबाटै आएका आकांक्षीका आधारमा बहादुर चन्दलाई पार्टीले उम्मेदवार चयन गरेको बताए ।

attariya hospital

गत वर्ष कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ ।