खाेज्नुहाेस

रास्वपाले निकाल्यो अत्तरियामा मोटरसाइकल र्‍याली

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्तरियामा मोटरसाइकल र्‍याली निकालेको छ । रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि विरोध जनाउँदै रास्वपाले अत्तरिया देखि धनगढी सम्म मोटरसाइकल र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागीहरूले सरकार विरुद्ध नाराबाजी समेत गरिरहेका छन् ।

attariya hospital

राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि मोटरसाइकल र्‍याली निकालिएको रास्वपाले जनाएको छ । अत्तरियाबाट निकालिएको र्‍याली धनगढी चोकमा पुगेर समापन हुने रास्वपा गोदावरी सभापति दिपक भट्टले बताएका छन ।

शुक्रवार सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा रास्वपाका सभापति लामिछाने पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अहिले देश भरी विरोधका कार्यक्रम भइरहेका छन् ।