खाेज्नुहाेस

रास्वपाद्धारा धनगढीमा प्रदर्शन, प्रतिशोधको राजनीति बन्द गर्न माग

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि प्रतिशोधको राजनीति बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

navjiwan hospital

राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि गरिएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘सबै खाले भ्रष्टाचारको छानबिन गर’ ‘अन्याय सहेर जनता चुप बस्दैनौ’, ‘प्रतिशोधको राजनीति बन्द गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।

attariya hospital

शुक्रवार सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा रास्वपाका सभापति लामिछाने पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिवार देश भरी विरोधका कार्यक्रम गरिएका छन् ।