अत्तरिया – कैलालीबाट प्रहरीले बिना इजाजत वन पैदावार ओसारपसार मुद्दा र सवारी ज्यान मुद्दाका २ फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २ महिना २ दिन कैद सजाय र २ हजार हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – १३ झलारीका ३२ वर्षीय गोपाल राना र बिना इजाजत वन पैदावार ओसारपसार मुद्दामा १२ हजार ८२० रुपैयाँ जरिवाना तोकिएका जोशीपुर गाउँपालिका – ६ सिमरीका ४२ वर्षीय आशिष् कठरीया पक्राउ परेका हुन ।

दुवै जनालाई शुक्रवार पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


















