अत्तरिया- कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका-५ क्रमदेव बस्ने ३१ वर्षीय रुकेश डगौरा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष ११ महिना १६ दिन कैद सजाय र ३२ हजार जरिबाना तोकिएको थियो ।

डगौरालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले बिहीबार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

















