अत्तरिया – कैलालीबाट प्रहरीले १८ लाख बढीको अवैध सामान बरामद गरेको छ ।
बिहिबार जिल्लाका बिभिन्न स्थानहरुमा भारतिय नाकाहरुबाट भन्सार छली गरी ल्याएको अन्दाजी १८ २४ हजार २४० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।
प्रहरीले कैलारी गाउँपालिका – ८ लौसा स्थित जंगलमा सुपप्र ०१००१ च ३९५७ नम्बरको पिक अप गाडीलाई रोक्न खोज्दा गाडी चालक भागेको र, उक्त गाडीमा रहेको ४१ बोरा चिनी सहित १६ लाख ८४ हजार ५ सय रुपैयाँ बराबरको पिकअप भ्यान नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै टीकापुर नगरपालिका – ८ र ९ बाट ६८ हजार ९४० मुल्य बराबरको प्लाष्टिक, चिनी, केराउ, चकलेट र सुर्तिजन्य पदार्थहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै धनगढी उप–महानगरपालिका १५ उर्मीबाट अन्दाजी १९ हजार ७ सय रुपैयाँ बराबरको चिनि र सुर्तिजन्य पदार्थहरु र भजनी नगरपालिका – ५ कव्वाखेडा घाटबाट अन्दाजी ५१ हजार १ सय बराबरको आलु, विद्युतिय मोटर र प्लाष्टिक जाली बरामद गरिएको प्रहरीले जनाएको छ ।