
कैलाली- कैलालीमा नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने ५० वर्षीय छोटु भनिने भारतीय नागरिक मोहना नदीमा डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले उनी बुधबार नदीमा नुहाउने क्रममा बेपत्ता भएको बताए । स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

















