
अत्तरिया- कञ्चनपुरमा भन्सार छलिको सामान बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार प्रहरीले जिल्लाका विभिन्न स्थानमा भन्सार छलीको सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
भीमदत्त नगरपालिका२ भासी र बेलौरी नगरपालिका२ खैरेनीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख ५२ हजार ५४० मूल्य बराबरको मोबिल, ब्याट्री, सुटपिस लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।



















