
अत्तरिया – कैलालीबाट चोरी मुद्दाका फरार प्रतिवादि पक्राउ परेका छन । कैलाली जिल्ला अदालतको फैसला अनुसार चोरी मुद्दामा २ महिना कैद सजाय र २० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका – ११ का २२ को रमेश कठरिया पक्राउ परेका हुन ।
उनलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार घरबाटै पक्राउ गरेको हो ।



















