खाेज्नुहाेस

अत्तरियाबाट चरेस कारोबारी पक्राउ 

Image
अत्तरिया – कैलालीको अत्तरियाबाट लागू औषध चरेस कारोबारी पक्राउ परेका छन् । गोदावरी नगरपालिका – १ भरतपुरबाट ५९ वर्षीय सहदेव भण्डारी पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
सोमबार साँझ चरेसको कारोबार गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले भण्डारीको घरमा खानतलासी गर्दा बाकसमा लुकाई राखेको अवस्थामा चरेस बरामद गरिएको थियो ।
उनको कोठाबाट ५४५ ग्राम लागू औषध चरेस बरामद गरी भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।