खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्धारा धर्मशालाको अवलोकन

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले घोडाघोडीमा बन्दै गरेको धर्मशालाको अवलोकन गरेका छन । सोमबार मुख्यमन्त्री शाहले विश्व सिमसार क्षेत्र घोडाघोडीमा ठुलो लगानीमा निर्माण भइरहेको धर्मशाला निर्माणाधीन अवस्थाको अवलोकन गरेका हुन ।

राधाकृष्ण मन्दिर भागवत धर्मसेवा समितिको अगुवाइमा निर्माण हुदैँ गरेको उक्त धर्मशाला संघ, प्रदेश र स्थानीय सरकारको सहयोग रहेको छ । धर्मशाला अवलोकनका क्रममा मुख्यमन्त्री शाहले घोडाघोडी ताल क्षेत्रको विकास जति हुनपर्ने हो त्यति हुन नसकेको बताए । उनले सरकारको लगानीमा बनेका सार्वजनिक भौतिक संरचना सञ्चालनमा समस्या देखिएको बताए ।

attariya hospital
navjiwan hospital

‘सरकारले निर्माण गरेका धेरै भौतिक संरचना सञ्चालनमा समस्या देखिएको छ’ उनले भने ‘शीतभण्डार, हाटबजार, सहकारी लगायतका संरचना निर्माणमा सरकारको सहयोग छ । तर सञ्चालनका लागि आवश्यक कर्मचारीलगायत जनशक्ति परिचालन नहुँदा समस्या देखिएको छ ।’

सरकारले निर्माणमा सहयोग गरे पनि कर्मचारीले व्यवस्थापनमा सहयोग नगर्ने भएकाले त्यसको व्यवस्थापन सञ्चालक स्वयमले गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ छ । घोडाघोडी घुम्न र दर्शन गर्न आउनेहरुलाई सर्वसुलभ रुपमा बास बस्नका लागि दुई बर्ष अगाडि स्थानीयको पहलमा धर्मशाला निर्माण शुरु गरिएको समितिका सचिव लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।

प्रदेश सरकारबाट २० लाख अनुदान सहयोगबाट पाँच कोठा सटर निर्माण भएको बताए । व्यक्तिगत आएको सहयोगले पाँचकोठे भवनको तला थप्न सहयोग मिलेको बताइएको छ ।