खाेज्नुहाेस

एनपिएलका लागि सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टरमा अष्ट्रेलियन क्रिकेटर ब्राड हज

Image

काठमाण्डौ– नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन पुर्व क्रिकेटर ब्राड हज लाई आफ्नो प्रमुख मेन्टरमा नियुक्त गरेको छ । रोएल्सले सोमबार एक विज्ञप्ति जारी गर्दै हजलाई मेन्टर नियुक्त गरेको जनाएको हो ।

navjiwan hospital

अष्ट्रेलियाका लागि सन् २००७ को विश्वकप विजेता टोलीमा रहेका हजको आगमनले नेपाल सुपर लिग (एनपीएल) मा आफ्नो टिमले उच्च प्रदर्शन गर्ने सुदूरपश्चिम रोयल्सले अपेक्षा गरेको छ ।

attariya hospital

हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलिसकेका छन् । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाललाई सोसियल एक्टिभिस्ट एम्बेसडर छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते देखि एनपीएल सुरु हुनेछ ।