खाेज्नुहाेस

टीका र जमरा लगाउने क्रम आज पनि जारी

Image

आश्विन शुक्लपक्ष द्वादशीको दिन सोमबार पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी छ ।

navjiwan hospital

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ ।

attariya hospital

मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आफ्नो घरमा मान्यजनको हातबाट टीका लगाएसँगै पूर्णिमासम्म आफन्तकोमा गएर टीका ग्रहण गर्ने गरिन्छ।

टाढा रहेका आफन्तकहाँ टीका लगाउनु पर्ने भएकाले पनि पूर्णिमासम्म टीका लगाउने चलन रहेको संस्कृतिविद्को भनाइ छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेसँगै टीका लगाउने क्रम पनि सकिनेछ ।