खाेज्नुहाेस

जापानको नागोयामा गुञ्जियो गौरवपूर्ण दशैंको धुन, सयौँ नेपाली एकजुट

Image

अत्तरिया– सुदूरपश्चिम नेपाली समाज तोखाईले जापानको नागोयामा दसैँ विशेष कार्यक्रम आयोजना गरेको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादसैँको अवसरमा समाजले कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा सयौँ नेपालीहरू भेला भई विजयादशमी पर्व हर्षोल्लासका साथ मनाएका छन्। कार्यक्रमले विदेशी भूमिमा रहेका नेपालीहरूलाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने एउटा महत्वपूर्ण अवसर प्रदान गरेको समाजका अध्यक्ष दिपेन्द्र खड्काले बताए ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा सुदूरपश्चिमको मौलिक संस्कृति झल्कने गरी देउडा, भाका र नाचगान प्रस्तुत गरिएको थियो । साथै, स्वादिष्ट बार्बिक्यूले सबैलाई लोभ्याएको थियो । विशेष गरी, टिकटक स्टार कप्पु सरकार र सुदूरपश्चिमका र्‍याप गायक भेनमको उपस्थितिले कार्यक्रममा थप रौनक थपेको समितिका अध्यक्ष खड्का ले बताए।

कार्यक्रममा सहभागी भएका अधिकांश नेपालीहरूले यस्तो प्रकारको सामुहिक कार्यक्रमले उनीहरूलाई घरको याद दिलाएको बताएका छन्। अन्य वर्षहरूमा आफ्नै कोठामा सानो समूहमा दशैं मनाउने गरिए पनि यसपटक सबै मिलेर रमाइलो गरिएको अनुभव अविस्मरणीय रहेको सहभागिहरुको भनाई थियो ।

विदेशमा बसोबास गर्ने नेपालीहरूले यसरी सामुहिक रूपमा चाडपर्व मनाउँदा उनीहरूबीचको एकता बढ्छ र नेपाली संस्कृतिलाई पनि विश्वसामु चिनाउन मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।