अत्तरिया – कैलालीको चुरेमा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ। चुरे गाउँपालिका–५ को राष्ट्रिय वनको अम्रेनी भिरबाट लडेर १७ वर्षीय अनिल धामीको मृत्यु भएको हो।
उनको बिहिबार भीरमा बाख्रा चराउन गएका बेला लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।