खाेज्नुहाेस

अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीको चेतावनी

Image

एजेन्सी- अमेरिकामा मिल्टन नामको आँधी पाँच श्रेणीमा परिणत भएर यूएस गल्फ कोस्ट अर्थात त्यहाँको खाडी तटीय क्षेत्र हुदैँ तीव्र गतिमा फ्लोरिडा पुग्ने क्रममा रहेको छ ।

navjiwan hospital

यो आँधी फ्लोरिडातर्फ २ सय ८१ किलोमिटर प्रतिघण्टाको तीव्र हावाको गतिमा पुग्ने भएकाले भोलि बुधवार राति वा पर्सि बिहीबार बिहान जमिन भासिने वा पहिरो जाने जोखिम बढेको अमेरिकाको राष्ट्रिय आँधी सूचना केन्द्र यूएस नेशनल हरिकेन सेन्टर (एनएचसी) ले जनाएको छ ।
यस आँधीले ठुलै विनाश गर्ने भन्दै फ्लोरिडाका स्थानीयवासीलाई सकेसम्म छिटो सुरक्षित ठाउँमा सर्न गभर्नर रोन डेसेन्टिसले आग्रह गरेका बीबीसीले जनाएको छ ।

attariya hospital

सन् २००५ को क्याट्रिना आँधीपछिको सबैभन्दा घातक मानिएको हेलेन आँधी आएको १० दिनमै फेरी मिल्टन आँधीको चेतावनी आएको हो । हेलेन आँधीका कारण अमेरिकाको दक्षिण–पूर्व मा कम्तिमा २ सय २५ जनाको न्याज गएको छ भने अझै सय जनाधन्दा धेरै बेपत्ता छन् ।
मेक्सिकोको खाडीमा रहेको समुद्री आँधी मिल्टन आज मङ्गलवार त्यहाँ कमजोर हुने अपेक्षा रहेको तर भोलि वा पर्सि फ्लोरिडाको टम्पा खाडीमा आइपुग्दा सक्रिय भएर बढी क्षति गर्ने खबरमा उल्लेख छ ।