काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसले बाढी पीडितका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पीडितको राहत एवम् उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।
उनले ५० लाख रुपैयाँ सहयोग गर्न कांग्रेस सांसदहरूले १५ दिनको तलब उपलब्ध गराउने पनि निर्णय भएको बताए ।