
कैलाली- सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
बुधबार रातिदेखि राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र पर्नुका साथै बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका छन् । डोटी प्रहरीले पहिरो पन्छ्याउने काम भइरहेको जनाएको छ ।

















