खाेज्नुहाेस

सुदूरपश्चिम सरकारलाई लक्षित गर्दै सांसदको डगौराले भने ‘भन्सरिया लोभी, पापी भए’

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेश सभा सदस्य खुसी राम डगौरा थारुले भन्सरिया लोभी, पापी भएको बताएका छन् । सुदूरपश्चिम सरकारले भाद्र ३१ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथिको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन ।

‘हामी चेक गर्नका लागि यो बेमान हो भनेर अर्कोलाई दियौ । तर, त्यो डाडु पन्यो पाउने भान्से (भन्सरिया) सबै आफ्नै थालमा हाल्दो रैछ । त्यो कत्तिको लोभी पापी रैछ’ उनले भने ‘लोभी पापी मान्छे समाजको परिवर्तन गर्छु, समाजको अगुवाइ गर्छु, भनेर समाजलाई रूपान्तरण गर्छु भनेर यो सम्भव छैन ।’ उनले सरकारमा इमान्दारीता कम देखिएको बताए ।

attariya hospital

उनले बजेटका २१ बुँदे, ४ बुँदे आधार तयार गरे पनि त्यो कार्यान्वयन नभएको बताए । उनले बजेट जनसङ्ख्या, भूगोल र राज्वश्वको आधारमा विनियोजन गरिनुपर्ने बताए । उनले अहिले तागतको बलमा बजेट विनियोजन भइरहेको बताए ।