खाेज्नुहाेस

सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिबारे स्थलगत अनुगमन गर्न माग

Image

धनगढी – एमाले सांसद तारा लामा तामाङले असोज अन्तिम साताको बाढीपहिरोले पु¥याएको क्षतिको स्थलगत अनुगमन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद तामाङले भदौ २७ देखि २९ सम्म पश्चिम केन्द्रित वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा ८ जनाको ज्यान गएको जानकारी दिए ।

‘मृतकका परिवार र बाढीपहिरो पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दछु,’ कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसद तामाङले भने ।

attariya hospital

तामाङका अनुसार कञ्चनपुरमा दोदा, चौधर र महाकाली नदीको बाढीले हजारौँ विघा धानखेती बगरमा परीणत भएको छ । ‘असोजको पहिलो साता जहिल्यै बाढीले क्षति गर्छ, यसपटक अगाडि नै बाढी आएको छ,’ उनले भने । धनगढीदेखि पुनर्वास, बेलौरी जोड्ने सडक स्थलमार्गको कनेक्सन बर्षाको बेला टुट्ने गरेको उनले सदनलाई जानकारी गराए ।

‘महाकाली नदीले तटबन्ध भत्काएको छ, हजारौँ विघाको धान बगरमा परीणत भएको छ,’ सांसद तामाङले भने, ‘आरक्षपीडित दोहोरो मारमा पर्नुभएको छ । जनता डेलिगेसन लिएर काठमाडौं आउन खोजेका छन् । विभागीय मन्त्रीज्यूलाई स्थलगत अनुगमनका लाग अनुरोध गरेको छ । उचित क्षतिपूर्तिको माग गर्दछु ।’