भीम रावलका कारण पार्टीभीत्र समस्या आयो : लेखराज भट्ट

धनगढी – नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले भीम रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भईरहेको बताएका छन । नेकपा एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रममा बोल्दै ईञ्चार्ज भट्टले यस्तो बताएका हुन ।

maya metro hospital

‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो । तर उहाँ तलतल आउनुभयो । जस कारण सुदूरपश्चिममा पार्टीभीत्र समस्या देखियो’ ईञ्चार्ज भट्टले भने । रावल हरेक पटक सुदूरपश्चिम आएर एमालेमै रहेका तर आफ्नो नजिक रहेकाहरुको गुट बनाउदै हिडेको बताए ।

‘जुन जिल्लामा गएपनि उनको गुटको भेला हुने, नेता कार्यकर्ताहरुलाई भडकाउने कार्यहरु भएका छन । उहाँको समस्या पार्टी नेतृत्वसँग हो भने उहाँले नेतृत्वसँगै गएर समस्या समाधान गर्नुपर्छ । तल तल आएर गतिबिधि गर्न थालेपनि पार्टी विग्रीन थालेको छ’ ईञ्चार्ज भट्टले भने ।

attariya hospital

उनले पार्टीले ‘मीशन ८४’ भन्ने नारा ल्याएपनि पार्टीभीत्रको आन्तरिक एकता यस्तै रह्यो भने उक्त मीशन सफल नहुने बताए । ‘पार्टीले मीशन ८४ को नारा ल्याएको छ । यो भनेको आउदो ८४ को निर्वाचनमा संघ, प्रदेश र स्वाथीय तहमा एमालेको बहुमतको सरकार बनाउनु हो, तर सुदूरपश्चिममा पार्टीको आन्तरिक एकतामा सुधार भएन भने मीसन ८४ सफल पार्न सकिदैन’ नेता भट्टले भने ।

सल्लाहकार परिषदले पार्टीभीत्रको अन्तरविरोध पहिचान गर्ने, पार्टीभीत्रका गुटहरु कुनै का पक्षमा पनि नलागेर स्वतन्त्र रुपमा त्यसको समाधान गरी आन्तरिक एकता बढाउने कार्य गर्नुपर्ने नेता भट्टको भनाई थियो । उनले अहिले नेताको वरिपरि चक्कर लगाएर अवसर प्राप्त गर्ने प्रबृती बढेको बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.