खाेज्नुहाेस

गोलभेँडामा अत्यधिक विषादी

Image

अत्तरिया – कैलालीको अत्तरियामा अत्यधिक विषादी भएको गोलभेँडा भेटिएको छ । अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईले मंगलबार गरेको परीक्षणमा रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरिएको गोलभेँडामा विषादी भेटिएको हो ।

navjiwan hospital

विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्राविधिक राजेन्द्र प्रसाद भट्टका अनुसार उक्त गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ । जुन खान अयोग्य हुने उनले बताए ।

attariya hospital

प्रयोगशालाका अनुसार ३५ प्रतिशत भन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ भने ४५ भन्दा मार्थी रोकावट दर भेटिए नष्ट गर्ने गरिएको छ ।

विषादी भेटिएको १ सय केजी गोलभेँडा पनि नष्ट गरिएको प्राविधिक भट्टले बताए । विषादी अवशेष द्रुत विश्लेषण इकाईले दैनिक तरकारी र फलफूलको नमुनाको विषादी परीक्षण गर्दै आएको छ ।