धनगढी पुगेका रविले भने, ‘गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आयो’

धनगढी- धनगढी आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । सोमबार धनगढी पुगेर उनले पत्रकारहरूसँग सहकारीको रकम गोर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको बताए ।

maya metro hospital

‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारीको रकम आएको कुरा ठिक हो, त्यो स्थापित भइसकेको कुरा हो, अनुसन्धानले पनि देखाइसकेको कुरा हो, तर त्यो कसले गर्यो भन्ने कुरा पनि अदालतमा प्रवेश गरिसकेको छ, क-कसले बदमासी गर्यो भन्ने पनि स्पष्ट भइसकेको छ,’ उनले भने ।

उनले गलत ढंगबाट सहकारीको रकम गोर्खा मिडियामा ल्याउन आफू संलग्न भएको दाबी गरे । संसदीय छानविन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू आशावादी रहेको पनि उनले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.