खाेज्नुहाेस

बैतडीमा संस्थागत स्वमूल्यांकन ‘लिजा’मा पुर्चौंडी उत्कृष्ट

Image
file photo

बैतडी – बैतडीका सबै स्थानिय पालिकाहरुमध्ये संस्थागत स्वमूल्यांकन ‘लिजा’ मा पुर्चाैडी नगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० को संस्थागत स्वमूल्यांकनको नतिजा अनुसार जिल्लाभरीमा पुर्चाैडी उत्कृष्ट बनेको हो ।

navjiwan hospital

उक्त मूल्यांकनमा पुर्चौंडीले ८१.२५ प्रतिशत अंक पाएको छ । सबैभन्दा पुछारमा रहेको सुर्नया गाउँपालिकाले ४०.२५ प्रतिशत अंक पाएको छ । यस्तै दोगडाकेदार गाउँपालिकाले ७३.५० प्रतिशत, दशरथचन्द नगरपालिकाले ७०.२५ प्रतिशत, शिवनाथ गाउँपालिकाले ६७.५० प्रतिशत, डिलाशैनी गाउँपालिकाले ६४ प्रतिशत, सिगास गाउँपालिकाले ६३.७५ प्रतिशत, पञ्चेश्वर गाउँपालिकाले ५९.५० प्रतिशत, मेलौली नगरपालिकाले ५७.२५ प्रतिशत र पाटन नगरपालिकाले ४८.२५ प्रतिशत अंक प्राप्त गरेको छ ।

attariya hospital

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी १० ओटा सूचकमा मूल्यांकन गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।