बैतडी – बैतडीका सबै स्थानिय पालिकाहरुमध्ये संस्थागत स्वमूल्यांकन ‘लिजा’ मा पुर्चाैडी नगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷८० को संस्थागत स्वमूल्यांकनको नतिजा अनुसार जिल्लाभरीमा पुर्चाैडी उत्कृष्ट बनेको हो ।


उक्त मूल्यांकनमा पुर्चौंडीले ८१.२५ प्रतिशत अंक पाएको छ । सबैभन्दा पुछारमा रहेको सुर्नया गाउँपालिकाले ४०.२५ प्रतिशत अंक पाएको छ । यस्तै दोगडाकेदार गाउँपालिकाले ७३.५० प्रतिशत, दशरथचन्द नगरपालिकाले ७०.२५ प्रतिशत, शिवनाथ गाउँपालिकाले ६७.५० प्रतिशत, डिलाशैनी गाउँपालिकाले ६४ प्रतिशत, सिगास गाउँपालिकाले ६३.७५ प्रतिशत, पञ्चेश्वर गाउँपालिकाले ५९.५० प्रतिशत, मेलौली नगरपालिकाले ५७.२५ प्रतिशत र पाटन नगरपालिकाले ४८.२५ प्रतिशत अंक प्राप्त गरेको छ ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, बित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी १० ओटा सूचकमा मूल्यांकन गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
