
अत्तरिया- कैलालीमा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-१ बस्ने २० वर्षका अमर गौतम लम्की बजारबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीले बैंकिङ् कसुर मुद्दामा ३ लाख रुपैयाँ जरिबाना तोकेको थियो । मंगलबार पक्राउ परेका गौतमलाई आवश्यक कारबाहीको लागि कैलाली जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

















