खाेज्नुहाेस

कैलाली र कञ्चनपुरमा अवैध सामान फेला

Image
file photo

अत्तरिया- कैलाली र कञ्चनपुरमा अवैध सामान फेला परेको छ । प्रहरीले दुबै जिल्लाका विभिन्न स्थानमा अवैध सामान फेला पारेको हो ।

navjiwan hospital

आइतबार कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहा र ब्यारेलबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६० हजार १८० मूल्यको प्याज, चिनी, मिश्री, सरप, पास्ता, खाने तेल, मैदा, दाल, जिरा, धनिया, खुर्सानी, साबुन, सुर्ती, चप्पल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

attariya hospital

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-११ विद्युत कार्यालय नजिकबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ९० हजार ४५० मूल्यको टेनिस बल, सुटपिस, खानेतेल, बच्चाका खेलौना, हार्डवेयरका सामान, कस्मेटिक, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।