अत्तरिया – कैलालीको धनगढीका २ कम्पनीलाई ३६ लाख ४२ हजार जरिवाना गरिएको छ । आन्तरिक राजस्व कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आरडेन्ट इन्टरप्राइजेज प्राइभेट लिमिटेड र रिल्याक्सो डम्सवेयर सप्लायर्सलाई जरिवाना गरेको हो ।
बैशाख १८ गते आरडेन्ट ईन्टरप्राईजेज र जेठ १४ गते रिल्याक्सो डम्सवेयर सप्लायर्स धनगढीमा राजश्व कार्यालय र प्रहरीको टोलीले छापा मारेको थियो ।
अनुसन्धान गर्दा कैफियत देखिएकाले आरडेन्ट ईन्टरप्राईजेजलाई ३२ लाख ३ हजार र रिल्याक्सो डम्सवेयर ४ लाख ३९ हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता गंगादत्त बडुले जानकारी दिएका छन ।