खाेज्नुहाेस

लम्कीचुहाले ल्यायो १ अर्व १० करोडको बजेट

Image

अत्तरिया – कैलालीको लम्कीचुहा नगरपालिकाले १ अर्व १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ । मंगलबार नगरको तेह्रौ अधिवेशनको दोस्रो बैठकमा आर्थिक वर्ष २०८१÷८२ को बजेट पेश गरिएको हो । जसमध्ये चालु तर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगत तर्फ ४० करोड २६ लाख ४० हजार हुने जनाइएको छ ।

navjiwan hospital

बजेटको श्रोतमा आन्तरिक आयबाट २४ करोड ५४ लाख ५९ हजार, राजश्व बाँडफाँडबाट १८ करोड ३५ लाख ५१ हजार, समानिकरण अनुदान नेपाल सरकारबाट १८ करोड ३० लाख, समानिकरण अनुदान प्रदेश सरकारबाट १ करोड ७५ लाख ९० हजार, सशर्त अनुदान नेपाल सरकारबाट ४३ करोड ५३ लाख ४१ हजार, सशर्त अनुदान प्रदेशबाट १ करोड १३ लाख ७० हजार, विशेष अनुदान नेपाल सरकारबाट १ करोड १० लाख, विशेष अनुदान प्रदेश सरकारबाट २५ लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड ६८ लाख हुने अनुमान गरिएको छ ।

attariya hospital

नगरपालिकाले जेठ २१ गते आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको भएपनि नगरप्रमुख विदेश भ्रमणमा रहेकाले बजेट भने ल्याउन सकेको थिएन ।

कैलालीका अन्य पालिकाले भने असार १० भित्र नीति कार्यक्रम तथा बजेट ल्याएका थिए । स्थानीय पालिकाले असार १० भित्रै आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।