खाेज्नुहाेस

बझाङका १० हजार ८५५ बालबालिकालाई आईपीभी खोप लगाइयो

Image

बझाङ- बझाङका १० हजार ८५५ बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक दीपक ऐडीका अनुसार जेठ १३ देखि २० गतेसम्म सञ्चालित खोप अभियानमा सो संख्यामा बालबालिकालाई खोप लगाइएको हो ।

navjiwan hospital

जिल्लाको बुङ्गल नगरपालिकाका १ हजार ९५२ बालबालिकालाई आईपीभी खोप लगाइएको छ । त्यसैगरी जयपृथ्वी नगरपालिकाका १ हजार ६३१, सुर्मा गाउँपालिकाका १ हजार ११०, तल्कोटका ७१४, मष्टाका ६२, छबिसपाथिभेराका ८६, दुर्गाथलीका ५२५, केदारस्युँका १ हजार ३०५, बित्थडचिरका ९०१, थलाराका ७१०, खप्तडछान्नाका ५१० र साइपाल गाउँपालिकाका ८९ जना बालबालिकालाई खोप लगाइएको छ ।

attariya hospital

खोप अभियनका लागि जिल्लामा ३४१ ओटा खोप केन्द्र तोकिएका थिए । पोलियो खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियोको जोखिम बढी हुने हुँदा अभियानमार्फत खोप लगाइएको बताइएको छ ।