
अत्तरिया – कैलालीमा हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ टीकापुर नगरपालिका – १ बिशालनगरकी १५ की प्याउरी बिकको हावाहुरीले रुख ढल्दा मृत्युभएको छ ।
उनको साजको रुख घरको आगनमा ढल्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । प्रहरीले विकको गर्धनमाथी रुख खसेको जनाएको छ ।


















