बर्दिया – बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनीषा रोकायको बाँघको आक्रमणबाट मृत्यु भएको हो ।
बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वननजिकै बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।