काठमाण्डौं महानगरपालिकाका फोहोर बोक्ने चालक पक्राउ परेपछि मेयर बालेन शाह आक्रोसित भएका छन ।

सोमबार सामाजिक संजालमा पोष्ट गर्दै उनले चालकलाई रिहा नगरिए नेता , पार्टी कार्यालय र सिहदरबारको फोहोर नउठाउने चेतावनी दिएका छन ।
उनले लेखेका छन ‘ भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!’



















