काठमाडौँ — रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा १५ जनाको मृत्यु भएको छ । युक्रेनी सीमाबाट करिब ४० किलोमिटर उत्तरमा रहेको उक्त भवन भत्किँदा भग्नावशेषमा १५ जनाको शव फेला परेको रुसको आपत्कालीन अवस्था मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार बारम्बार मिसाइल चेतावनी जारी गरिएको बेलगोरोडमा युक्रेनी हमलापछि १० तले आवासीय भवन भत्किँदा १८ जना भवनभित्र पुरिएका थिए ।

रुसी रक्षा मन्त्रालयले वायु रक्षा प्रणालीले ६ वटा टोचका–यू मिसाइल, चारवटा भ्याम्पायर रकेट र दुई ओल्खा रकेटलाई यसअघि नै खसालेको बताएको थियो ।


















