खाेज्नुहाेस

शिक्षामा लगानी अनुसारको प्रतिफल आएन

Image

बैतडी – बैतडीको पाटन नगरपालिकाले सामुदायिक विद्यालयहरुमा वार्षिक २५ करोड खर्च गर्दै आएको छ । शिक्षक अपुग भएको भन्दै नगरपालिकाले आन्तरिक स्रोतबाट ४ करोड खर्च गरेर नगर शिक्षक पनि भर्ना गरेको छ । नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको भएपनि नगरस्तरिय परीक्षाको नतिजा भने लगानी गरे अनुसार आउन सकेको छैन ।

navjiwan hospital

करोडौं लगानी गर्दा पनि चालु शैक्षिक सत्रको नगरस्तरीय परीक्षामा २० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन । शैक्षिक सत्र २०८० मा कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी पाटनका ३५ वटा विद्यालयका ६५२ विद्यार्थीमध्ये १३७ जना मात्रै उत्तीर्ण भएका छन ।

attariya hospital

जसमा ७ वटा विद्यालयको नतिजा शून्य आएको छ । ९ वटा विद्यालयमा एक एक जना विद्यार्थी उत्तीर्ण भएका छन । शून्य नतिजा आउनेमा शिद्धेश्वर मावि मेल्चोरा, सरस्वती आधारभूत विद्यालय गुत्थडी, डाँडाबाघ आधारभूत विद्यालय हिरापुर, भगवती आधारभूत विद्यालय सुकेली, भुवनेश्वर मावि, भागैती, शिद्धदीप आधारभूत विद्यालय खोड्पे, ब्रह्म आधारभूत विद्यालय हतास रहेका छन ।

त्यसै गरी एक जना मात्र विद्यार्थी उत्तीर्ण हुनेमा भूमिराज आधारभूत विद्यालय बाटुलासौ, आधारभूत विद्यालय डङ्सिली, कालिका आधारभूत विद्यालय पलेडा, बालकल्याण आधारभूत विद्यालय बोहरीगाउँ, नवदुर्गा आधारभूत विद्यालय कुँडी, उदयदेव मावि किम्तोली, जयपुर आधारभूत विद्यालय उपल्लाबाटुला, निरपालेश्वर मावि डङ्सिली, सरस्वती मावि सल्लेबासा छन ।