खाेज्नुहाेस

कञ्चनपुर २ का संसद् दीपक बोहराको चुनावी खर्च २२ लाख ८४ हजार

Image

अत्तरिया – कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

navjiwan hospital

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बाट चुनाव जितेका बोहराले चुनावमा २२ लाख ८४ हजार ५० रुपैयाँ खर्च गरेका विवरण सार्वजनिक गरेका हुन ।

attariya hospital

जसअन्तर्गत उनले सवारी साधन भाडा बापत ४ लाख ८७ हजार ६ सय, निर्वाचन कार्यालय सञ्चालन (भाड, स्टेशनरी र मसलन्द) २ लाख ५० हजार, १५ दिन घरदैलो ७ लाख ५० हजार, बन्दोबस्ति खर्च २ महिना २ लाख ७५ हजार ४९२, मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्च ९१ हजार, नमुना मतपत्र छपाई ६५ हजार १२८, प्रचार सामग्री १ लाख ४० हजार ७५०, प्रचार सामग्री ब्यानर तथा स्टिकर ९१ हजार ६८०, कार्यक्रम खर्च ७५ हजार, हवाई टिकट खर्च ४७ हजार ४ सय र मनोनयन दर्ता खर्च १० हजार भएको उल्लेख छ ।