खाेज्नुहाेस

बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी

Image

बैतडी –प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन् ।

उनी २२ हजार १ सय ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १ सय ९४ मत ल्याएका छन् ।

attariya hospital
navjiwan hospital

बैतडीबाट तीन पटक लगातार जितेर चार पटक मन्त्री भएका एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरेका छन् ।

नेकपाका परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत ल्याएका छन् । राप्रपका भुपेनबहादुर चन्दले २ हजार ६८१ मत ल्याए ।

बैतडीमा ७२ हजार ८४३ मत खसेकोमा ५ हजार ११३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।