खाेज्नुहाेस

रूसमा कन्सर्ट हलमा आक्रमण, ६० जनाको मृत्यु

Image

रूसको राजधानी मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाभन्दा बढीको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।

navjiwan hospital

गएराति मस्कोको क्रोकस सिटी हलमा भएको हमलामा ६० जनाभन्दा बढीको मृत्यु भएको रूसको अनुसन्धान समिति (आईसीआर)ले पुष्टि गरेको छ।घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आईसीआरले जनाएको छ।

attariya hospital

आन्तरिक मामिला मन्त्रालय र संघीय सुरक्षा सेवाको परिचालन एकाइहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ।शवको जाँच भइरहेको छ भने घटनास्थलबाट हतियार र गोलाबारुद सहितका सामग्री नियन्त्रणमा लिइएको छ।

घटनास्थलमा रहेका आरआईए नोभोस्तीका अनुसार नकावधारी आक्रमणकारीले एक्कासी भवनभित्र पसेर गोली चलाएका थिए। भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए।