भारतमा आउँदोे अप्रिल १९ तारिखदेखि लोकसभाको निर्वाचन हुने भएको छ ।
भारतको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले लोकसभाको निर्वाचन मिति घोषणा गरेका हुन् । आयुक्त राजीव कुमारका अनुसार निर्वाचन सात चरणमा हुनेछ । ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । पहिलो चरणको मतदान अप्रिल १९ र अन्तिम चरणको मतदान जुन १ मा हुनेछ ।


नतिजा जुन ४ मा सार्वजनिक हुने छ । भोटिङदेखि नतिजा आउन ४६ दिन लाग्नेछ । लोकसभासँगै ४ राज्य आन्ध्र प्रदेश, ओडिशा, अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको मिति पनि सार्वजनिक भएको गरिएको छ ।
भारतको आउँदो चुनावमा ९७ करोड मतदाताले मतदान गर्ने छन् । १० लाख ५० हजार मतदान केन्द्र हुनेछन् । यसैगरी यसपटक ५५ लाख ईभीएम प्रयोग हुनेछन् ।
प्रमुख निर्वाचन आयुक्तले हिमालयदेखि समुन्द्र र मरुभूमिदेखि वर्षा उत्तरपूर्वीसम्मका बुथमा समान सुविधा हुने बताए ।


















