खाेज्नुहाेस

सुर्योदय वोमी लघुवित्तको चौमालामा अर्ध वार्षिक समिक्षा

Image

चौमाला – सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको अधै वार्षिक समिक्षा गरिएको छ । सोमबार कैलालीको चौमालामा सुदूूरपश्चिम र लुम्बिनी प्रदेशको बर्दिया जिल्ल्लाका शाखा प्रमुखहरु संगको आर्थिक वर्ष २०८०÷८१ को अर्ध वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

navjiwan hospital

संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रशाद पंगेनीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा कार्य संचालन तथा अनुगमन बिभागका विभागीय प्रमुख, जोखिम विभागका विभागीय अधिकृत लगायत स्टेसन अन्तरगत बर्दिया जिल्ला का २ वटा, कंचनपुर जिल्लाका १ वटा र कैलाली जिल्लाका ६ वटा शाखाका शाखा प्रमुख सहित १३ जनाको उपस्थित रहेको थियो ।

attariya hospital

समिक्षा कार्यक्रममा हालको परिस्थिति, कार्यक्रमको अवस्था लगायतका विषयहरुमा छलफल गर्दै कार्यक्रमको गुणस्तर, वित्तिय साक्षरता,सदस्य उत्पादनमुखि तालिम संगै सदस्यहरुको जीवन स्थर उकास्नका लागि सदस्य मैत्री तालिमहरुको व्यवस्था गर्नुपर्ने विषयमा जोड दिइएको थियो । कार्यक्रमको संचालन चौमाला स्टेसन प्रमुख रमेश केसीले गरेका थिए ।