
एजेन्सी – पपुवा न्यू गिनीको दुर्गम पहाडी क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ । एन्गा प्रान्तमा आदिवासी विवादका क्रममा मानिसहरूलाई गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ ।
यो हिंसालाई पछिल्ला केही वर्षयताकै सबैभन्दा ठूलो हिंसा मानिएको छ । यहाँ अवैध हतियारको संख्या बढेसँगै यो क्षेत्रमा हिंसा बढेको छ । प्रहरीले राजधानी पोर्ट मोरेस्बीबाट करिब ६०० किलोमिटर उत्तरपश्चिमको वाबाग सहर नजिकै घटनास्थलमा शव संकलन गर्न थालिएको जनाएको छ ।



















