खाेज्नुहाेस

कञ्चनपुरमा पोलमा तार विस्तार गरिरहेका कामदारको करेन्ट लागेर मृत्यु

Image

कञ्चनपुर- कञ्चनपुरमा पोलमा तार विस्तार गरिरहेका एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार जिल्लाको पुनर्वास नगरपालिका-३ आईबीआरडीमा पोलमा तार विस्तार गरिरहेका पुनर्वास-१ पुरैनाका ३२ वर्षीय राधेश्याम रानाको मृत्यु भएको हो ।

navjiwan hospital

काम भइरहेको क्षेत्रको ट्रान्सफर्मरबाट ठेकेदार कम्पनीका कर्मचारीले विधुत कटौती गरी काम सुरु गरेका थिए । तर, १५ मिनेटपछि एक्कासि विद्युत सुचारु हुँदा उनी पोलबाट खसेका हुन् । रानाको उपचारका क्रममा माया मेट्रो हस्पिटल धनगढीमा मृत्यु भएको विद्युत वितरण केन्द्र बेलौरीका प्रमुख टंकराज गिरीले बताए ।

attariya hospital

सो क्षेत्रमा विद्युत् स्तरवृद्धिको काम भइरहेको छ । पूर्णागिरी कन्स्ट्रक्सन प्रालिले नेपाल विधुत प्राधिकरणबाट ठेक्का लिई लाईन स्तरवृद्धिको काम गरिरहेको छ ।