खाेज्नुहाेस

अत्तरियामा अपाङ्गता भएकाहरूलाई पुर्नताजगी तालिम

Image

अत्तरिया – कैलालीको अत्तरियामा अपाङ्गता भएका व्यक्तिहरूलाई पुनर्ताजगी तालिम दिइएको छ । शनिबार गोदावरी नगरपालिका– २ अत्तरियास्थित नमस्ते होटेलको हलमा अपाङ्गता भएकाहरूलाई एक दिने पुनर्ताजगी तालिम दिइएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशको आयोजनामा तालिम सञ्चालन गरिएको हो । अपाङ्गता र लैङ्गिक उत्तरदायी बजेट तथा कार्यक्रम तर्जुमाका लागि पुनर्ताजगी तालिम दिइएको थियो । तालिममा गोदावरी नगरपालिकालाई अपाङ्गतामैत्री संरचना निर्माण गरी सेवा प्रवाहमा सहज गराउन आग्रह गरिएको थियो ।

attariya hospital
navjiwan hospital

नगरपालिकाका प्रत्येक वडा कार्यालयका संरचना अपाङ्गतामैत्री हुनुपर्ने र त्यसो नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा लिन गाह्रो भइरहेको बताइएको थियो । केही वडा कार्यालयका संरचना अपाङ्गतामैत्री भएपनि सबै वडामा सोही अनुरूप बनाइनुपर्नेमा जोड दिईएको थियो । नगरपालिकाले अपाङ्गता भएकाहरुका लागि बजेट छुट्याएकोमा धन्यवाद ज्ञापन गर्दै अपाङ्गता भएकाहरुको हक हितमा लाग्न आग्रह गरिएको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदको सभापतित्वमा आयोजित तालिमको प्रमुख अतिथिमा सुसदूरपश्चिम प्रदेशका सभासद माया विष्ट रहेकी थिईन भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका नगरप्रवत्ता गोपाल दत्त भट्ट रहेका थिए ।

नगरभित्रका ३८ जना सम्पुर्ण अपांगता भएका व्यक्तिहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकका रुपमा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक डा. यज्ञराज पाण्डेय रहेका थिए ।