
काठमाडौँ- सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो ।
आज सुन तोलामा १ लाख १६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि तोलामा एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।















