नयाँ दिल्ली – भारतको उत्तरप्रदेशस्थित बरेलीमा शनिबार राति एउटा कारमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक बालक पनि रहेका छन्। बरेलीको नैनीताल राजमार्गमा उक्त दुर्घटना भएको हो। बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो।


गाडी सेन्ट्रल लक थियो। जसका कारण त्यहाँ बसेका मानिसहरु बाहिर निस्कन सकेनन्। सामाजिक सञ्जालमा देखिएको फुटेजमा कार आगोले जल्दै गरेको देखिन्छ, ट्रक अगाडि उभिएको देखिन्छ।
प्रहरीले आगो निभाएर कारबाट शव निकालेको थियो। भोजीपुरा नजिकै ट्रकसँग कार ठोक्किएको एसएसपी सुशील चन्द्रभान धुलेले बताए।
बीबीसी


















