खाेज्नुहाेस

आजदेखि सुदूरपश्चिम महोत्सव सुरु हुँदै

Image

धनगढी – आजदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला सुरु हुँदै छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीको पशुपति टोलमा आजदेखि महोत्सव सुरु हुन लागेको हो । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिएका छन ।

navjiwan hospital

सुदूरपश्चिमको उद्योग, पर्यटन तथा व्यापारको प्रवर्द्धन र आर्थिक विकास गर्ने उद्देश्यका साथ आयोजना हुने महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा कृषि, व्यापार, अटोमोवाइल्स, लगायतको गरेर ४०० वटा स्टल रहेको संघका अध्यक्ष कुँवरले जानकारी दिए ।

attariya hospital

महोत्सवमा करिब १० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको आयोजकले जानकारी दिएको छ । महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने जनाइएको छ । महोत्सव अवधिभरि सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीसहित निजी सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।

यसैगरी, सुरक्षाको लागि सीसी टिभी क्यामेरा पनि जडान गरिएको अध्यक्ष कुँवरले जानकारी दिए । महोत्सव अवधिभरि राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुको प्रत्येक दिन प्रस्तुति रहने जनाइएको छ ।