काठमाडौँ- सुनको मूल्य एकैदिन तोलमा एक हजार ६ सय रुपैयाँले बढेको छ । हिजो तोलामा एक लाख १७ हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको हो ।

यो अहिलेसम्मकै उच्च हो । यो हप्ता आइतबारदेखि नै सुनको मूल्य निरन्तर बढेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर एक हजार ५ सय २० रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य पनि अहिलेसम्मकै महँगो हो ।














