काठमाडौँ- सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आज सुन तोलामा १ लाख १६ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।