काठमाडौँ- सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तीन सय रुपैयाँले बढेर सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।
चाँदीको भाउ भने स्थिर रहेर तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।