खाेज्नुहाेस

सुन प्रतितोला ६ सयले बढ्यो

Image
file photo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार सात सय निर्धारण गरिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला ६ सयले बढेको हो।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय ५० कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख १० हजार पाँच सय ५० थियो।

attariya hospital

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।