खाेज्नुहाेस

बत्ती बिना पालमुनि पढ्नुपर्ने बाध्यता

Image


अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ भ्यागुतेपानीकीवर्षिया बालिका जेनिशा बुढामगर कक्षा १ मा पढ्छिन् । सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको गोदावरी धामबाट केही टाढा रहेको भ्यागुतेपानीमा बस्दै आएकी उनि हाल सोही वडाको एउटा सामुदायिक बनमा पालमुनि बस्दै आएकी छन । 

उनी गोदावरीमै रहेको एउटा सामुदायिक विद्यालयमा अध्ययन गर्छिन् । उनीजस्तै सोही ठाउँकी १२ बर्षिया सृष्टि बोगटी पनि सामुदायिक बनमा पालमुनि बस्दै आएकी छन । अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा कक्षा ७ मा पढिरहेकी सृष्टिको घर पनि भ्यागुतेपानी मै हो । गत साउन २२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले घर नै जोखिममा परेपछि उनको परिवार सामुदायिक बनमा विस्थापित हुन पुगेको हो । परिवार नै विस्थापित भएपछि उनीहरूले पालमुनि बस्नुपर्ने बाध्यता छ ।

add everest academy
attariya hospital

पहिरोले भ्यागुतेपानीको सबै जमिन जोखिममा प¥यो, बस्न सक्ने अवस्था भएन’ पालमुनि बसेर गृहकार्य गरिरहेकी सृष्टिले भनिन् ‘घर नै जोखिममा भएपछि परिवार सबै यहाँ आएर पालमुनि बसिरहेका छौ ।’ पहिरोका कारण परिवार नै विस्थापित भएपछि आफूहरूको पढाईमा पनि समस्या हुने गरेको उनले बताइन । ‘घरमा बत्ती थियो, पढ्नलाई सहज पनि हुन्थ्यो’ उनले भनिन् ‘यहाँ त साँझ बत्ती हुदैन, सामुदायिक बनमा रातीको समयमा डर पनि लाग्छ ।’ 

navjiwan hospital

राती बत्ती नहुने भएकाले विद्यालयबाट आउने बित्तिकै गृहकार्य गर्ने गरेको उनी बताउँछिन् । उनले दिउँसोको समयमा स्कुलको पढाई हुने र साँझ अँध्यारोमा गृहकार्य गर्न नसकिने हुँदा पढाईमा बाधा पुग्ने गरेको बताईनभ्यागुतेपानीका करिब ५३ परिवार हाल सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी तोकिएको क्षेत्र नजिकै जंगलमा बस्दै आईरहेका छन । भ्यागुतेपानी सहित उक्त क्षेत्र तिर रहेका दोगाडसलानिगडाका मानिसहरू पनि विस्थापित भएका छन । साउन २२ गते आएको पहिरोका कारण विस्थापित भएका उनीहरू त्यसयता उक्त सामुदायिक बन भित्र बस्दै आईरहेका छन । 

त्यहाँका पहिरो पीडितहरूले आफूहरूको बस्ती नै स्थानान्तरण गर्नुपर्ने माग राख्दै आईरहेका छन । स्थानीय दुर्गा प्रसाद तिवारीले पहिरोका कारण निकै जोखिम भएकाले बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको बताए । २०६५ सालदेखि नै बस्ती धसेको बताउँदै उनले त्यसपछि आफूहरू जोखिम मोलेर पनि बस्न बाध्य भएकोमा साउन २२ गतेको पहिरोले भने बस्नै नमिल्ने बनाएको बताए ।

attariya technical collage

‘हामीलाई यस समस्याबाट मुक्त हुनको लागि दिगो समाधानको उपाय आवश्यक छ’ उनले भने ‘हाल हामीले उपभोग गरेको जग्गा सरकारले लिएर हामीलाई त्यसको सट्टामा जोखिम नभएको ठाउँमा बसाउनु पर्छ ।’ उनले आफूहरूको मुख्य माग नै बस्ती स्थानान्तरण भएको बताए । ‘हाम्रो मुख्य माग भनेको बस्ती स्थानान्तरणको हो’ उनले भने ‘वर्षायाममा सधै जोखिम हुन्छ । त्यसैले बस्ती स्थानान्तरण गरेर हामीहरूको समस्या समाधान गरिदिन आग्रह गरिरहेका छौ ।’ आफूहरूले विगत १५ वर्षदेखि बस्ती स्थानान्तरणको माग गरेपनि सुनुवाइ नभएको उनले बताए ।

उक्त स्थानमा यसअघि २०६५ असोज ३ देखि ६ गते सम्म परेको अविरल वर्षाका कारण बस्ती नै धसेको थियो । त्यसयता त्यहाँका स्थानीयहरु जोखिम मोलेर पनि बस्दै आईरहेका थिए । चुरे फेदमा रहेका उक्त बस्तीहरू गोदावरीमा पानीको सतह बढ्ने बित्तिकै जोखिममा पर्ने गरेका छन । गोदावरी नदीको कटान र माथिबाट आउने पहिरोका कारण उक्त क्षेत्रका बस्तीहरू उच्च जोखिममा छन ।

अन्य स्थानमा जाने अवस्था नहुँदा त्यहाँका स्थानीयहरु जोखिम मोलेर भएपनि सो क्षेत्रमा बस्दै आएका छन । तर साउन २२ गतेको पहिरोका कारण बस्ती मै बस्न सक्ने अवस्था नभएपछि भने बस्तीका बासिन्दाहरू विस्थापित हुन बाध्य भएका छन ।